अब एप्पल मोबाइलमा पनि अध्यक्षको एप

काठमाडौं, २४ माघ । अध्यक्ष प्रचण्डको मोबाइल एप आजबाट एप्पलको आइ ओ एसमा पनि प्रचण्ड (Prachanda) नाममा सुरु भएको छ । १० दिन अघि गुगलको एन्ड्रोइडमा सुरु भएको मोबाइल एपमा दैनिक गतिविधिका साथै अध्यक्ष प्रचण्डका जीवनी, पार्टीका दस्तावेज लगायतका सामाग्री राखिएका छन् । एपको सुरुवात पश्चात आम सञ्चारकर्मी र पार्टी नेता कार्यकर्ताहरुमा अध्यक्षको जीवन्त सम्बन्ध स्थापित भएको छ । माघ १४ गते अध्यक्षको सचिवालयले एक विज्ञप्त जारी गर्दै एप सार्वजनिक गरेको हो । नीजि सचिव जोखबहादुर महरा ‘प्रताप’द्वारा जारी विज्ञप्तीको पूर्ण पाठः

¬प्रेस विज्ञप्ती
एक्काइसौं शताब्दी सूचना तथा सञ्चारको शताब्दी हो । हाम्रो पार्टी एकीकृत ने.क.पा. (माओवादी)का अध्यक्ष क. प्रचण्डलाई जनता तथा कार्यकर्तासँग प्रत्यक्ष संवादका लागि सचिवालयले विशेष महत्व दिँदै आएको जगजाहेर नै छ । सामाजिक सञ्जालका माध्यमबाट जनतासँग प्रत्यक्ष अन्तक्र्रियात्मक सम्बन्ध स्थापित गर्न यो सचिवालय क्रियाशील छ । समाजवादी क्रान्तिका लागि रुपान्तरण सहित पार्टी पुनर्निर्माणको यो अभियानमा हामी विचारको विकास गर्न गईरहेका छौं ।
विचारको विकासको स्रोत मुक्तिकामी श्रमजीवि जनता हुन् । जनता तथा कार्यकर्ताहरुमा प्रत्यक्ष सम्पर्क र सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ सिंगो पार्टी र अध्यक्ष क. प्रचण्डका दैनिक गतिविधिहरु हामीले आजबाट मोवाइल एप्स् मार्फत सार्वजनिक गर्ने कार्यको पनि शुभारम्भ गरेका छौं ।
एन्ड्रोइड्स्मा प्रचण्ड (Prachanda) नाममा यसको शुभारम्भ गरेकाछौं । साथै यही एप्स्लाई एप्पल आइ ओ एस्मा पनि केही दिनभित्रै सार्वजनिक गर्ने यस विज्ञप्ती मार्फत सबैमा जानकारी गराउँदछौं ।

…………………………….
जोखबहादुर महरा ‘प्रताप’
सचिव
अध्यक्ष प्रचण्ड स्वकीय सचिवालय
एकीकृत ने.क.पा.(माओवादी)
लाजिम्पाट, काठमाडौं

कात्तिक ७, २०८१ बुधबार ११:१४:५०