अध्यक्षबाट सभापति कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौं, २६ माघ । नेपाली काँग्रेसका सभापति शुसील कोइरालाको असामयिक निधन भएकोमा अध्यक्ष प्रचण्डले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पार्टी कामको सिलसिलामा धनकुटा पुग्नुभएका अध्यक्षले बिहान ४ बजे काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई टेलीफोन गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । टेलीफोनमा अध्यक्षले उपसभापति पौडेललाई उहाँको निधनले राष्ट्रिय राजनीतिमा अपुरणीय क्षति भएको बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार १९:२३:२८