साझा बचाउन स्रष्टाहरुको अध्यक्ष प्रचण्ड समक्ष अनुरोध

काठमाडौं, २४ माघ । स्रष्टाहरुले साझा प्रकाशन बचाउन अध्यक्ष प्रचण्ड समक्ष अनुरोध गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रम अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रकवि माधव घिमिरे, वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, कवि बैरागी काँइला लगायतका स्रष्टाहरुले सो अनुरोध गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले स्रस्टाहरुको आग्रहले आफूलाई दबाव महसुस भएको बताउनु भयो । उहाँले एकाधिकारवादी व्यवस्थामा खडा भएका संरचना लोकतन्त्रमा झन् नष्ट भएको धारणा राख्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘स्रष्टाहरुको आगमनले मलाई दबाब महसुस भएको छ, यो मेरालागि अवसर र चुनौति दुबै हो, हामीले साझालाई जोगाउनु पर्छ ।’

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले साझाले भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र अहिले गम्भीर समस्यामा रहेको बताउनु भयो । उहाँले यो समस्या सरकारले समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उक्त भेटमा राष्ट्रकवि माधव घिमिरेले साझा बचाउने उपाय गरिदिन आग्रह गर्नुभयो ।

कवि बैरागी काईंलाले माओवादी परिवर्तनकारी शक्ति भएकाले साझा जस्तो संस्था जोगाउनु पहल हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले साझा बाँचे लेखक, भाषा र साहित्य पनि बाँच्ने बताउनु भयो । साहित्यकार मोदनाथ प्रश्रितले बुद्ध जस्ता विद्वान जन्माउने देशमा साझा ढले साहित्यको विकास हुन नसक्ने बताउनु भयो ।

CMPrachanda_perishdanda1

कात्तिक ७, २०८१ बुधबार १३:१५:४८