अमेरिकी सहायक उपविदेश मन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, २७ जेठ । अमेरिकाका मध्य एसिया मामिला हेर्ने प्रमुख डिपुटी सहायक मन्त्री विलियम ई. टोडले आज बिहान अध्यक्ष प्रचण्डसँग लाजिम्पाटमा भेट गर्नुभएको छ । भेटमा अमेरिकी राजदूत एलिना बि टेप्लिज र दक्षिण तथा मध्य एसिया मामिलाका डाइरेक्टर क्लिन्टन एस. ब्राउनको पनि उपस्थिति रहेको थियो ।
भेटका क्रममा अध्यक्ष कमरेड प्रचण्डले उहाँलाई स्वागत गर्नुभयो । सहायक मन्त्री टोडले संविधान कार्यान्वयन, मधेस आन्दोलन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकास बारे जिज्ञासा राख्नुभएको थियो ।

अध्यक्ष कमरेड प्रचण्डले संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न, पुनर्निर्माणलाई तीब्रताका साथ सम्पन्न गर्न र देशको आर्थिक विकास गर्न राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको सरकार निर्माणमा हाम्रो पार्टीको तर्फबाट मैले यसैमा केन्द्रित रहेर भरमजदुर प्रयास गरिरहेको छु ।’USA_CM_Meet (1)

‘हामी हाम्रा अन्तर्राष्ट्रिय मित्रहरुबाट विगतदेखि सहयोग प्राप्त गरिरहेका छौं, आउने दिनमा पनि सहयोगको अपेक्षा राख्दछौं’, भन्नुभयो । यस क्रममा टोडले नेपाल अमेरिकाको असल मित्र भएको बताउँदै भन्नुभयो,‘ हामी हाम्रो मित्र देशको प्रगतिको आशा राख्दछौं ।’

कात्तिक ८, २०८१ बिहीबार ७:१३:३७