विश्व कम्युनिष्ट आन्दोलनको नयाँ लहर पैदा गर्नका लागि नयाँ कम्युनिष्ट घोषणापत्रको जरुरी अध्यक्ष क. प्रचण्ड

काठमाडौं, साउन १३ गते । क्रान्तिकारी विद्यार्थीहरुको राष्ट्रिय एकता भेलाको उद्घाटन गर्दै अध्यक्ष क. प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक संवेदनशील र संक्रमणको मोडमा रहेको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले नेपाल कम्युनिष्ट आन्दोलन र वामपन्थी विद्यार्थी आन्दोलन पनि त्यस्तै ऐतिहासिक जटिल मोडबाट गुज्रिएको रहेको बताउनु भयो । उहाँले एउटा नयाँ राजनीतिक, सांगठनठिक ध्रुविकरणको ऐतिहासिकता महसुस गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको बीचमा नयाँ ध्रुव्रकिरणको पहल भयो र एकता पनि भयो, त्यस्तै गरी विद्यार्थी संगठनको बीचमा राष्ट्रिय एकता भेला सम्पन्न हुँदै गरेको बताउनु भयो । उहाँले क्रान्तिकारी विद्यार्थीहरु एकताबद्ध भई, संगठनको नयाँ विधान र नयाँ नेतृत्व निर्माण हुने र आम विद्यार्थीहरुको बीचमा गएर संगठति गर्ने तथा राजनीतिक परिस्थितिलाई नयाँ नेपाल निर्माणमा तपाईं विद्यार्थीहरुले सहयोग गर्नुहुने विश्वास लिएको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलन खाली नेपाली क्राान्तिको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा र नेपाली जनताको भविष्यको बारेमा सोचेर पुग्ने स्थितिमा नभएको यो विद्यार्थी आन्दोलनमा पनि त्यस्तै रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट घोषणापत्र पश्चात् अहिले विश्व कम्युनिष्ट आन्दोलनको नयाँ लहर पैदा गर्नका लागि नयाँ कम्युनिष्ट घोषणापत्रको जरुरी भएको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले माओले भने जस्तै तपाईंहरु विद्यार्थी साथीहरुसँग आशा र भरोसा रहेको बताउनु भयो । उहाँले नेपालको राजनीतिक ढंगले अहिले पनि अप्ठ्यारोबाट मुक्त भइसकेको छैन । संविधान घोषणा भयो, अझै त्यसलाई पूर्णता दिने आवश्यकता रहेको बताउनु भयो । त्यसै क्रममा अध्यक्ष क. प्रचण्डले सरकार गठनका प्रक्रिया पनि अगाडी बढिरहेको, मधेस, थारु, आदिवासी जनजातिहरुको मुद्दा सम्बोधन गर्नु, संविधानको कार्यान्वयन, पुनर्निमाण अभियानको नेतृत्व गर्ने र राम्रा पक्षलाई कार्यान्वयन गर्ने अपुग पक्षलाई पूरा गर्ने जिम्मेवारी परिस्थितिले हाम्रो काँधमा आएको बताउनु भयो । यो अप्ठ्यारो परिस्थितिमा राष्ट्रलाई र आन्दोलनलाई नेतृत्व गर्ने कुरा नयाँ विचारद्धारा विश्व कम्युनिष्ट आन्दोनलाई नेतृत्व गर्नु जिम्मेवारी भएको बताउनु भयो । उहाँले क्रान्तिलाई निरन्तर अगाडि बढाउने सन्दर्भमा नयाँ ढंगले विश्लेषण र संश्लेषण गर्ने चरणमा पार्टी रहेको बताउनु भयो । मानवजातिलाई क्रान्तिको नयाँ सन्देश दिने र नयाँ विचार दिने जिम्मेवारी तपाईं हाम्रो काँधमा रहेको र अप्ठयारा सामस्याको समाधनको निम्ति माओवादीले नेतृत्व लेउन भन्ने नेपाली जनताको चाहना रहेको बताउनु भयो । अध्यक्ष क. प्रचण्डले यो बीचमा हामीले धेरै पहिचानका र अधिकार कुरा ग¥यौं उत्पीडित जाति, क्षेत्र, समुदायका लागि माओवादी केन्द्रभित्र नयाँ संश्लेषणका लागि बहसको सुरुवात गरेको बताउनु भयो । उहाँले उत्पीडित जाति, क्षेत्र र समुदायको पहिचानको निम्ति सर्वहारा वर्गको विचार, सर्वहारावर्गको अग्रदस्ता र कम्युनिष्ट पार्टीको पहिचान हुन जरुरी रहेको र जबसम्म माओवादी पहिचान स्थापित हुँदैन तबसम्म कुनै पनि उत्पीडित वर्ग, क्षेत्र, जाति र समुदायको पहिचान स्थापित हुन नसक्ने बताउनुभयो ।
अध्यक्ष क. प्रचण्डले सबैभन्दा पहिला सर्वहारा वर्गको क्रान्तिकारी विचारको पहिचान र त्यसको वैज्ञानितकता त्यसको नेतृत्वमा सबै वर्ग समुदायको नेतृत्व गर्ने चुरो विषय यही रहेको बताउनु भयो ।

कात्तिक ८, २०८१ शुक्रबार ०:९:२६