आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदानबाट हाे : अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदानबाट नै प्राप्त भएकाे हाे । उहाँले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयाे ।

जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो । ”

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह .गर्नुभयाे । उहाँले थारू समुदायले जनयुद्ध, जनआन्दोलन र मुलुक निर्माणमा पु-याएको योगदानको चर्चा गर्दै जनयुद्ध दिवसको सन्दर्भमा पार्टीले शहीद र शहीद परिवारलाई सम्मान गर्नेसमेत जानकारी दिनुभयाे ।

तत्कालीन समयमा दुई हजार ५०० बढी व्यक्ति बेपत्ता पारिएको पहिचान गरिएको छ । बर्दिया जिल्लामा मात्रै २५० नागरिक बेपत्ता बनाइएको छ । बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको आज सार्वजनिक गरिएको जीवनगाथामा ५८० शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते व्यक्तिको जीवनी समेटिएको छ । यसमा ३२८ शहीद तथा मारिएका व्यक्ति, २५० बेपत्ता पारिएका व्यक्ति र १०२ घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको जीवनी समेटिएको छ ।

त्यसैगरि शनिबार काठमाडौंमा २६ औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बाेल्नुहुँदै अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएकाे छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘कहीँकतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौं सहिदहरूले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ ।’

उहाँले सहिदहरुलाई सम्झिने भनेको, हामी उहाँहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी गुम्न दिने छैनौं । हामी जरुरी पर्छ भने फेरि बलिदान हुन तयार छौं भनेर संकल्प गर्ने दिन हो । म त्यो अपील सबैसँग गर्न चाहन्छु ।’

राजधानी मै शनिवार नेकपा नेता गंगा कार्की ‘विश्व’ द्वारा लिखित पुस्तककाे सार्वजनिकीकरण गर्नुभएकाे थियाे । उहाँले जनयुद्धकाे स्मरणलाई ताजा बनाउने पुस्तक प्रकाशित भएकाेमा बधाई दिनुभयाे ।

उहाँले जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईद्वारा लिखित पुस्तककाे शनिवार नै विमाेचन गर्नुभएकाे थियाे । साे अवसरमा उहाँले भन्नुभयाे, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं। तर, मुद्दा र एजेण्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं।’ इतिहासको आफ्नो कर्मको कारणले आफूहरुलाई अलग हुन नदिने प्रचण्डले टिप्पणी गर्नुभयाे। इतिहासको कर्मको कारणले दुबै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको उहाँले बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याइ नै राख्छ। हामीलाई अलग हुन दिँदैन। ती हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन्। हजारौँ घाइते र अपांगले हामीलाई अलग हुन दिन्नन्। ती हजारौँ बेपत्ता हाम्रा योद्धाहरुले पनि हामीलाई अलग हुन दिन्नन्।’

डा. बाबुराम भट्टराईको बौद्धिक र भावनात्मक क्षमताबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रचण्डले जिउँदा मानिसका लागि चिहानबाट कंकाल मानिसलाई निकालेर ल्याउनेसमेत बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘सामाजिक क्रान्तिका निम्ति शहीद हुन्छन् त्यसलाई राज्यले अवहेलना गर्छ। दमन गर्छ। तर बाँकी मानिसले कंकाल मानिसलाई निकालेर जिउँदा मानिसका लागि ल्याउने छौं।’

कात्तिक ७, २०८१ बुधबार १५:१२:३१