इतिहासको विशिष्ट कालखण्डमा आकस्मिकता र आवश्यकताको संगमबाट नेतृत्व निर्माण हुन्छ – अध्यक्ष क. प्रचण्ड

काठमाडौं, असार १४ । ६५ औं मदन भण्डारी जन्मजयन्ती पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष क. प्रचण्डले मदन भण्डारी गतिशिल राजनीतिज्ञ हुनुहुन्थ्यो ।
उक्त अवसरमा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट आन्दोलनको चर्चा गर्दै मदन भण्डारी र आफ्नो बीच वैचारिक र सैद्धान्तिक बहसको लागि २०५० साल जेष्ठ ११ गते भेटघाटको तय भएको तर उहाँको जेठ ३ गते नै रहस्यमय निधन भएको बताउनु भयो । उहाँले आफुले एकताकेन्द्र धार र मदन भण्डारीले नेकपा (एमाले) धारको नेतृत्व गरेको बताउनु भयो । अध्यक्ष कमरेड प्रचण्डले भन्नुभयो सशस्त्र क्रान्ति मार्फत् जनक्रान्तिका लागि आफु तयारी गरिरहेको र मदन भण्डारी शान्तिपूर्ण आन्दोलनको वकालत गरिरहेको बताउनु भयो । यदि त्यसबेला भेट भइदिएको भए कम्युनिस्ट आन्दोलन फरक ढंगले क्रमभंग हुनसक्ने सम्भावना रहेको बताउनु भयो । उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले इतिहासको विशिष्ट कालखण्डमा आकस्मिकता र आवश्यकताको संगमबाट नेतृत्व निर्माण हुने बताउनु भयो । त्यस्ता व्यक्तिलाई इतिहास र समाजले विशिष्ट प्रतिभाको रुपमा अगाडि ल्याउने बताउनु भयो ।
अध्यक्ष कमरेड प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलन दश वर्षको जनयुद्ध, शान्ति प्रक्रिया हुँदै यहाँसम्म आइपुगेको बताउनु भयो । उहाँले एकता केन्द्र बनेदेखि एकपछि अर्को क्रमभंग गर्दै हाल नेकपा (माओवादी केन्द्र) निर्माण भएको बताउनु भयो । अध्यक्ष प्रचण्डले के राजनीतिलाई नयाँ ढंगले क्रमभंग गर्न सक्छौ त ? के हामीले नेपाली समाजको रुपान्तरणमा नयाँ ढंगले संश्लेषण गर्न सक्छौं त ? भनेर प्रश्न गर्दै अध्यक्ष क. प्रचण्डले आफ छलफल र बहसका लागि तयार रहेका बताउनु भयो । यसै क्रममा उहाँले आफु जस्तै मदन भण्डारी घिसेपिटे तरिकाले हैन कि राजनीति र वैचारिक दृष्टिकोणलाई नयाँ क्रमभंगताबाट अगाडि बढ्न चाहानु हुन्थ्यो, के वर्तमान एमालेको नेतृत्व त्यसो गर्न सहास गर्न सक्छ ? अध्यक्ष प्रचण्डले उक्त समाहरोको सम्बोधन गर्दै नयाँ सैद्धान्तिक र वैचारिक क्रमभंगतामार्फत कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाई तर्फ लान सकियो भने मात्र सबै समस्याको समाधान गर्न सकिने बताउनु भयो ।
उहाँले देशको परिस्थिति अहिले पनि सहज भइनसकेको, देशका सामु गम्भिर समस्या र चुनौतिहरु रहेको बताउँदै प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने र बाँकी चुनौतिहरुलाई समेत सामना गर्न सकिने बताउनु भयो । त्यसै क्रममा उहाँले पुरस्कारबाट सम्मानित व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिनुहुँ्दै उहाँहरु सर्वस्वीकार्य समेत रहेको बताउनु भयो ।

कात्तिक ९, २०८१ शुक्रबार ११:२:९