उच्चस्तरीय राजनीतिक समितिको बैठक सकियो

काठमाडौं, ५ फागुन । अध्यक्ष प्रचण्ड संयोजक रहनुभएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको सकिएको छ । नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेबाट बसेको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा छलफल भएको थियो । त्यसैगरी मधेसी मोर्चा सहितको राजनीतिक समिति निर्माणका विषयमा पनि छलफल भएको थियो । राजनीतिक समितिको निर्माणका निम्ति कार्यदलको बैठकमा थप छलफल हुने भएको छ ।

कात्तिक ७, २०८१ बुधबार १४:१:१५