मधेसी सहितको राजनीतिक समिति बनाईने

काठमाडौं, ६ फागुन । उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज साँझ बसेको बैठकले मधेसी सहितको राजनीतिक समिति बनाउन मन्त्री परिषद्लाई जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठक पश्चात समितिका अध्यक्ष प्रचण्डले भन्नुभयो, उच्चस्तरीय राजनीतिक समन्वय समितिले मधेशलगायत अन्य असन्तुष्ट पक्षहरुको मागको समाधानका लागि भनेर राजनीतिक समिति बनाउने निर्णय गरेको छ र यसलाई मन्त्रीपरिषदको बैठकले अनुमोदन गर्ने छ ।’

कात्तिक ७, २०८१ बुधबार १६:१५:५१