उत्पादनको समाजवादी भ्रुणको विकास गर्नुपर्दछ: अध्यक्ष प्रचण्ड

काठमाडौं, ७ फागुन । अध्यक्ष प्रचण्डले सही एवं वास्तविक समाजवादी मोडेलको उत्पादन प्राणालीको विकास गर्न चाहेको स्पष्ट पार्दै उत्पादनको समाजवादी भ्रुणको विकास गर्नुपर्ने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो केन्द्रीय उत्पादन विभागको बैठकमा अध्यक्षले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हामी बनिबनाउ पूँजीवादी दलाल नोकरशाही उत्पादन प्रणालीमा जान चाहान्नौं । दलाल नोकरशाहीका विरुद्ध र सामन्तवादका अवशेषका विरुद्धको संघर्ष गर्दै उत्पादन वृद्धि गर्नुपछ ।’ उत्पादनको काम निम्ति सरकार, सदन र तल्ला कमिटि तिनै तिरबाट पहल कदमी लिनुपर्ने उहाँको भनाई थियो ।

‘जनताको जीवनस्तर उठाउनेका साथै उत्पादन वृद्धि गर्नुपर्दछ । हामी बनिबनाउ पूँजीवादी दलाल नोकरशाही उत्पादन प्रणालीमा जान चाहान्नौं । हामी सही एवं वास्तविक समाजवादी मोडेलको उत्पादन प्राणालीको विकास गर्न चाहान्छौं । जनता र पूजीवादीहरुले बराबरी फाइदा लिने व्यवस्था संसारमा कही पनि भएको छैन  र हुनेवाला पनि छैन । या त दलाल पूँजीपतिले या त जनताले । हामीले जनताकोे जीवन स्तर उठाउने उत्पादन प्राणालीको विकास गर्न चाहान्छौं । नकि दलाल पूँजीपतिको मुनाफाको निम्ति,’ उहाँले भन्नुभयो, ‘नयाँ समाजवादी उत्पादन प्राणालीको विकासको निम्ति कसैको नक्कल गरेर होइन, जनताको बीचमा बसेर अध्ययन अनुसन्धान गरेर जन्माउनु पर्छ । र विकास गर्नुपर्छ । यो प्रक्रिया निकै कष्ट साध्य काम हो ।’

उहाँले उत्पादन विभागले वैचारिक स्पष्टता, विधि र संरचना, ठोस मोडेलहरु तयार पार्ने, ठोस योजना र कार्यक्रममा जोड दिन विभागलाई विशेष निर्देशन दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार २०:१९:३