‘उद्योग व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यक्ता हो’(भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यक्ता भएको बताउनुभएको छ । बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै त्यसका लागि नयाँ आर्थिक मोडलको विकास गर्न पार्टी प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले नयाँ आर्थिक मोडल सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडल भएको स्पष्ट गर्नुभयो । ‘परिवर्तनको प्रमुख संवाहक माओवादी हो । तर, आक्रमक ढंंगले समाजमा स्थापित गर्न हामीले सकेनौं । हामीभित्रको भएको अन्तरविरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न सकेका छैनौं’, उहाँले भन्नुभयो ।

अध्यक्षले पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसायी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई सहभागी गराइने पनि उहाँको भनाई थियो । ‘महत्पूवर्ण र क्षमतावान् व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता विश्वभरि छ । हाम्रो पार्टीले त्यसरी आत्मासात् गर्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘विधानमा केही संशोधन गरिएको छ । केन्द्रमा प्रतिनिधित्व नयाँ ढंगले गराइन्छ ।’
अध्यक्ष प्रचण्ड समाज विकासको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रमा भएका साधन(स्रोतको अधिकतम सदुपयोग गर्न उद्योग, व्यवसायको विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

कात्तिक ६, २०८१ बुधबार ५:६:५९