एकता र तालमेलको अधिकार अध्यक्ष प्रचण्डलाई दिने निर्णय

असोज १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक आसन्न निर्वाचनमा तालमेल र नेकपा (एमाले) सँग पार्टी एकताका विषयमा केन्द्रित रहेको थियो । बैठकले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग आवश्यक परामर्शपछि एकता र तालमेलबारे अध्यक्ष प्रचण्डले अन्तिम निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

कात्तिक १०, २०८१ शनिबार १४:१२:११