एकता राष्ट्र निर्माणका लागि श्रममा बदलिन जरुरी छ अध्यक्ष क. प्रचण्ड

IMG_7554काठमाडौं, साउन १२ गते । ग्रिन सिटी हस्पिटलद्वारा विना चिरफार काखिमा सानो प्वालपारी मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको सम्बन्धमा आयोजित कार्यक्रमलाई अध्यक्ष क. प्रचण्डले यो कार्यक्रम संक्षिप्त भएपनि निकै प्रेरणादायी रहेको बताउनु भयो । यस हस्पिटलले सामाजिक सेवाको कामको क्रममा नयाँ काम गरेको छ । डा. अनिल भट्टराईले अनुकरणीय काम गर्नुभएको र भविष्यमा तपाईं युवा पनि रहनु भएकाले ठूलाठूला उदाहणिय काम गर्नु हुने विश्वास लिएको बताउनु भयो । उहाँले यो हस्पिटलले उदाहरणीय काम गर्दै आएको साथै राज्यलाई समेत यो हस्पिटलले चुनौति दिएको र सरकारी हस्पिटललाई समेत व्याङ्ग गरेको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले यसै क्रममा नेपालको संक्रमणको विशिष्ट अवस्थामा गुज्रिरहेको छ । हाम्रो सम्भावना धेरै छन् तर हामी सम्हाली सकेका छैनौ । अहिले यसको निम्ति राष्ट्र एकताबद्ध हुन जरुरी छ । त्यो एकता राष्ट्र निर्माणका लागि श्रममा बदलिन जरुरी छ । यसको निम्ति हामी सबैले संकल्प गर्नु जरुरी रहेको बताउनु भयो ।
दश वर्ष युद्ध र त्यसपछि शान्ति प्रक्रियामा आएपछि पहिलो सरकार बन्दा अनुभवको कमीले गर्दा धेरै काम गर्न नसकिएको बताउनु भयो । उहाँले अब विकासको गति दिनको लागि भाषणभन्दा पनि कामको खाँचो रहेको बताउनु भयो ।

कात्तिक ८, २०८१ बिहीबार १८:८:५७