एकताबद्ध भएर अघि बढे जस्तोसुकै जटिलता पनि चिर्न सकिन्छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एकताबद्ध भएर अघि बढे जस्तोसुकै जटिलता पनि चिर्न सकिने बताउनुभएकाे छ । पार्टीको विदेश विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतामा ढिलाई भएको कारण प्रतिगामी तत्वहरुले खेल्न खोजेको भन्दै आम कार्यकर्ता पंक्तिलाई एकताबद्ध भएर अघि बढन निर्देशन दिनुभएकाे हाे ।

“हामी एकचोटी एकताबद्ध भएर हिजोका सबै संघर्ष, बलिदान र सहीदका सपनालाई सम्झेर अभियानमा गयौं भने कस्ता कस्ता जटिल र अप्ठ्यारा परिस्थिति त चिर्यौ भने एकताबद्ध भएर जाँदा त्यो सामान्य नै हुन्छ । अगाडि बढन सम्भव छ ।” अध्यक्षले भन्नुभयाे । कम्युनिष्ट आन्दोलन निर्वाचनमार्फत यति लोकप्रिय भएको यो पहिलो परिघटना भएको उहाँले बताउनुभयाे ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Thursday, September 5, 2019

“यो विशिष्ट छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको छ ।” उहाँले भन्नुभयाे, “यसलाई राम्रोसँग संश्लेषण गर्ने र यसका पक्षहरु अन्तर्राष्ट्रियउरुपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । यसले हाम्रो कम्युनिष्ट आन्दोलन र विश्वव्यापी श्रमजीवि आन्दोलनले उत्प््रेरणा लिने वातावरण बन्छ ।”‘मार्क्सवादलाई अक्षरशः पालना गर्नेभन्दा मार्गदर्शन बनाउनुपर्छ’अध्यक्ष प्रचण्डले इतिहासको यो विशिष्ट अवसर सजिलै र सहजै प्राप्त नभएको बताउँदै अब अभियानात्मकरुपमा अघि बढनुपर्नेमा जोड दिनुभयाे ।

निकै लामो संघर्ष, बहस, बलिदानका धेरै श्रृंखला पार गरेर यो ठाउँमा आइपुगेका हौं ।” उहाँले भन्ननुभयाे, “आन्दोलन र संघर्षको बीचबाट खारिएर तयार भएको नेतृत्व तयार नभएको भए सामाजिक न्याय र संघर्षमा नलागेको भए बिभिन्न तानाशाही र सामन्तवादी निरंकुशतावविरुद्ध विजय हासिल नगरेको भए यो परिस्थिति आउने थिएन ।”

अध्यक्ष भन्नुहुन्छ, ‘पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थाल्यो’ । अध्यक्षले अगाडि भन्नुभयाे, “कम्युनिष्ट पार्टीको नेतृत्वले सामाजिक न्याय र समाजवादी चरित्र विकास गर्दै अघि बढेको विश्वास जनतालाई दिन सकेनौं भने ठूलो चुनौती आउने देखिन्छ ।”

कम्युनिष्ट पार्टीको बहुमतलाई कुनै न कुनै रुपमा देख्न नचाहने शक्ति भित्र र बाहिर खुशी नभएको बताउँदै अध्यक्षले उनीहरु सानोतिनो कमजोरी देखिएपनि तिललाई ताड बनाएर प्रचार गर्ने र बदनाम गर्ने प्रयास शुरु भएको जनाउनुभयाे । “हामी कसैको दया मायाले यहाँ आइपुगेको होइन तर पार्टी एकता भएपछि जुन तदारुकताका साथ काम गर्नुपथ्र्यो, तीन महिनाबीच सकेर जनतामाझ जान सकेको भए, सबै तहको सरकारलाई निर्देशित र खबरदारी गर्ने काम गर्न सकेनौं ।” उहाँले भन्नुभयाे, “यही सानातिना कमीलाई प्रतिक्रियावादीले अतिरञ्जित ढंगले प्रचार गर्ने र टाउको उठाउने जमर्को उठाउने यदाकदा देख्छौं । यति लामो संघर्ष र बलिदानपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस पनि केहीले गरेको देखेका छौं ।”

कुटनीति, विचार र राजनीतिको क्षेत्रमा पार्टीका विचारलाई स्थापित गर्ने क्षेत्रमा अभियानात्मक काम गर्न उहाँले विदेश विभागलाई निर्देशन दिए ।

कात्तिक ७, २०८१ बिहीबार ५:१९:२१