एकीकृत नेकपा (माओवादी) र नेकपा एमालेबीच भएको ९ बुँदे सहमति (फोटो फीचर)

वर्तमान संयुक्त सरकार गठन गर्दा भएका सहमति र समझदारीहरुको प्रभावकारी कार्यान्वयन गर्न तथा आपसी विश्वास एवं समझदारीलाई अझ सुदृढ पार्दै राष्ट्रका समग्र समस्याको समाधानका लागि निम्नानुसारको सहमति गरियोः-
१ संविधानको कार्यान्वयन र सामाजिक आर्थिक रुपान्तरणका निम्ति अनूकुल वातावरण सिर्जना गर्नको लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने । संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रुपमा अघि बढाउने ।
२. संंघीयता लगायतका विषयमा तराई मधेस केन्दि्रतसमेतका राजनीतिक दलहरुले उठाएका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने ।
३. विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप संक्रमणकालीन न्याय सम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिन भित्र कानुन संशोधन लगायतका प्रकिया अगाडि बढाउने ।
४. सहीद तथा वेपत्ता परिवारलाई यसअघिका मन्त्रिपरिषदले गरेका निर्णय अनुरुप राहत प्रदान गर्ने ।
५. द्वन्द्वकालमा घरासयी कागजका आधारमा खरीद विक्री गरिएका जग्गाको स्वामित्वलाई निश्चित प्रमाणका आधारमा रजिष्ट्रेशन गर्ने ।
६. सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका बेला घाइते भएकाहरुको उपचार, संरक्षण र जिविकोपार्जनका लागि उचित व्यवस्था गर्ने । वर्गीकरण गरिएका घाइतेहरुको उपचारका लागि लागि गरिएको व्यवस्थामा आवश्यक वृद्धि गर्ने
७. सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दाहरु फिर्ता, माफी मिनाहाको प्रक्रिया अविलम्ब अगाडि बढाउने ।
८. राजनीतिक वा प्रशासनिक नियुक्ति, सरकारका महत्वपू्रर्ण निर्णय लगायत सरकार सञ्चालनका सम्बन्धित महत्वपूर्ण निर्णयहरु गर्दा राजनीतिक दलका प्रमुख नेताहरुका वीचमा सम्वाद र सहमति कायम गर्ने । यसअगाडि भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्ने ।
९.भूकम्पपछिको पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने । त्यसका लागि स्वयंसेवक परिचालनसहितको राष्ट्रिय अभियान सञ्चालन गर्ने ।

9_points_statement_UML&UCPNM

9_points_statement_UML&UCPNM11 (3)9_points_statement_UML&UCPNM29_points_statement_UML&UCPNM11 (2)9_points_statement_UML&UCPNM11 (4)9_points_statement_UML&UCPNM11 (5)9_points_statement_UML&UCPNM11 (7)9_points_statement_UML&UCPNM11 (1)9_points_statement_UML&UCPNM11 (8)9_points_statement_UML&UCPNM11 (6)

फाेटाेः नारायण प्रसाद ढुंगाना

कात्तिक ७, २०८१ बुधबार १३:१३:१८