एनडिआईका क्षेत्रीय निर्देशकद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, ३१ जेठ । अध्यक्ष प्रचण्डसँग एनडिआईका क्षेत्रीय निर्देशक पिटर मनिकासले आज भेटवार्ता गर्नुभएको छ । आज बिहान अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा एनडिआईका राजनैतिक पार्टी कार्यक्रमका निर्देशक इभान डोहेर्टीको पनि सहभागीता रहको थियो । भेटका क्रममा एनडिआईले नेपालमा लोकतान्त्रिक प्रक्रियाबारे गरेको सहयोग, संविधान निर्माण एवम् शान्ति प्रक्रिया र पुनर्निर्माणबारे छलफल भयो ।

छलफलका क्रममा अध्यक्ष प्रचण्डले लोकतान्त्रिक संस्कृतिको विकासको निम्ति एनडिआईले खेलेको भूमिका प्रति धन्यवाद दिनुभयो । सो क्रममा उहाँले भन्नुभयो, ‘हामीले संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको चाहाना पुरा गरेका छौं र अहिले हामी संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामलाई पुरा गर्ने, पुनर्निर्माणका कामलाई अघि बढाउने, जनताका जनजीविकाका समस्यालाई हल गर्ने काममा केन्द्रित भएका छौं ।’  उहाँले यसको लागि राष्ट्रिय एकताको आवश्यकता भएको बताउनु भयो ।

कात्तिक ८, २०८१ बिहीबार १९:१७:३०