एमाले भक्तपुर नगर कमिटीका नेता खरेलसहित दर्जन नेता-कार्यकर्ता माओवादी प्रवेश

ललितपुर । नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा ९माओवादी केन्द्र० प्रवेश गर्नुभएको छ ।

एमाले परित्याग गरेका खरेलसहित नेता कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गर्नुभयो । उक्त कार्यक्रममा खरेल सहित दर्जन बढी कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरुको सहभागिता थियो ।

एमालेबाट पार्टीमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्ताहरूः-

कात्तिक ८, २०८१ बिहीबार १०:१०:२३