एमाले माेरङका लोकप्रिय नेता ‘बलभद्र’ माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। मोरङ जिल्लामा एमालेमा ०३६ सालदेखि क्रियाशील नेता बलभद्र सरदार थारु माओवादी प्रवेश गर्नुभएकाे छ । उहाँको नेतृत्वमा अमिरलाल भगत,अनिल गक्ष्यदार,किणर कुमार सरदार लगायत दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गर्नुभएकाे हाे । नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले खादामाला लगाएर स्वागत गर्नुभयाे। शनिवार विहान अध्यक्ष प्रचण्ड निवासमा पार्टी प्रवेश गराउँदै उहाँले समाजवादी क्रान्तिको बाटोमा हातेमालो गर्न तयार भएकामा नेता बलभद्र लगायत सबैलाई बधाई दिनुभयाे ।

माओवादी केन्द्र प्रवेश गर्नुभएका बलभद्र एमाले जिल्ला सचिवालय सदस्य थिए। उहाँ २ पटक गाविस अध्यक्ष समालिसकेका नेता हुनुहुन्छ । उहाँ गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा मोरङको बुढीगंगा गाउँपालिकामा झिनो मतले पराजित हुनुभएकाे थियाे । एमाले मोरङ जिल्ला क्षेत्र नं. ६ को संयोजकको जिम्मेवारीमा समेत रहेका उहाँ जिल्लामा निकै लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

कात्तिक ७, २०८१ बुधबार ८:१७:९