एमाले लगायत विभिन्न पार्टी परित्याग गरी दुई सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

चितवन । नेकपा एमाले लगायतका विभिन्न पार्टी परित्याग गरी नेत तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रद्वारा रत्ननगर ,खैरहनी र राप्ती नगरपालिकाको संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका दन्डपाणी न्यौपाने ,बिमला न्यौपाने ,बाबुराम मरहठ्ठा ,दुर्गा कुमारी मरहठ्ठा, अशोक मरहठ्ठा ,बासुदेब रेग्मी गरी ५४ जना, नेपाली कांग्रेस परित्याग गरी जुना उपरकोटी,सुनिता कुमती ,नेत्र प्रसाद लामिछाने ,सावित्री लामिछाने , निशा भट्टराई ,मुक्ति प्रसाद लामिछाने ,डिल्लिराम शोडारी लगायत ६४ जना माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । नव प्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले टीका र खादा लगायर स्वागत गराउनुभएको थियो ।

सोही कार्यक्रममा कांग्रेस, एमाले, समाजवादी, राप्रपा लगायतका पार्टी छोडी २ सय ५१ जनाले माओवादी प्रवेश गरेका थिए । रत्ननगर नगरपालिका वडा न ४ का प्रलाद ठाकुरले कांग्रेसबाट मुलुकको विकास र गरिब जनताको मुक्ति नहुने भन्दै जनताको आशा लाग्दो पार्टी माओवादी केन्द्र हो भन्ने ठहरका साथ कांग्रेस छोडी माओवादी केन्द्र प्रदेश गरेको बताउनुभयो ।

त्यस्तै खैरहनी नगरपालिका १० कठारका एमालेका स्थापित स्थानिय नेता रामेश्वर चौधरीले २४ बर्ष एमालेमा बसी संगठन गरेर समय बर्बाद गरेको महशुस गर्दै जनताको असली साथी परिवर्तनको वाहक पार्टी माओवादीमा प्रवेश गरेको बताउनुभयो । उहाँले अन्य कार्यकर्ताहरूलाई ढिला नगरी माओवादी केन्द्रमा प्रवेश गर्न आग्रह गर्नुभएको थियाो । समाजवादी नेपाल बागमती प्रदेश सदस्य भवानी घिमिरेले समाजवादी पार्टीको सम्पूर्ण भूमिका छोडी माओवादी पार्टीमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो।

कात्तिक ८, २०८१ बिहीबार १०:११:२४