कम्युनिष्ट क्रान्तिकारीको निष्ठा, वर्ग संघर्षलाई कडीको रुपमा लिने र वर्ग संघर्षलाई निरन्तर अगाडी बढाउनु पर्छ अध्यक्ष क. प्रचण्ड

काठमाडौं, साउन ९ गते । अध्यक्ष क. प्रचण्डले नरबहादुर कर्मचार्यप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्ति गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलन ठूलो वैचारिक आन्दोलन भएकाे बताउनु भयाे । मानिसहरू जीवनको एक कालखण्डमा कम्युनिष्ट आन्दोलनमा लागेर अर्को कालखण्डमा अन्त्यै लागेर मर्दछन् । थोरै मानिस मात्र जीवन कम्युनिष्ट आन्दोलनमा निरन्तर लागेर मरेका छन् यी मध्येकै एक उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो क. नरबहादुर कर्माचार्य । उहाँ सबै क्रान्तिकारी धारहरूलाई ध्रुविकरण गरी नेपाल कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने प्रेरणाको स्रोत हुनुहुन्थ्यो । अध्यक्ष क. प्रचण्डले उहाँले दिएको प्रेरणाअनुरुप निरन्तर क्रान्तिको बाटोमा अगाडि बढ्नु नै उहाँ प्रतिको सच्चा सम्मान हुने बताउनु भायो ।
अध्यक्ष क. प्रचण्डले सम्बोधनको क्रममा हामी अहिले नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बनाएका छौं । संगठनको व्यापक जालो बनाएर अगाडी बढ्नु पर्दछ, यो नै उहाँ प्रतिको साँचो सम्मान हुने बताउनु भयो । उहाँँले क्रान्तिकारी कम्युनिष्टको पहिचान बनाउदै सिंगो राष्ट्रलाई एकताबद्ध गराउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने, पुनर्निमाणको अभियानलाई तीव्रता दिने, जनताको विकासको चाहना पुरा गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जस्ता चुनौती पूरा गर्नुपर्ने बताउनु भयो । यी विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित गर्न संकल्प गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले कम्युनिष्ट क्रान्तिकारीको निष्ठा, वर्ग संघर्षलाई कडीको रुपमा लिने र वर्ग संघर्षलाई निरन्तर अगाडी बढाउनु पर्ने बताउनु भयो ।

कात्तिक ८, २०८१ बिहीबार १०:९:१०