सम्माननीय राष्ट्रपति र तीन दलका शिर्ष नेताबीच भेट

काठमाडौं, साउन १० गते । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी) केन्द्र अध्यक्ष क. प्रचण्ड, सम्माननीय प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष क. केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालय सितल निवासमा आज दिउँसो भेट गर्नुभयो । भेटका क्रममा राष्ट्रपतिले नेताहरूलाई पार्टीहरूको बीचमा सहज वातावरण निर्माण गरी सहमतिअनुरूप जानको निम्ति आग्रह गर्नुभयो । त्यस्तै सरकार निर्माणको प्रक्रियालाई सहज वातावरण निर्माण गरी अगाडी बढाउने बताउनु भयो ।
उक्त भेटका क्रममा अध्यक्ष क. प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दललाई मिलाएर समझदारीअनुरुप जानुपर्दछ राष्ट्रिय हितका मुद्दाहरू र संविधान कार्यान्वयनमा हामी दृढ रहेको बताउनु भयो । त्यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरूमा आफ्नो र एमालेको सहयोग हुने बताउनु भयो ।

कात्तिक ८, २०८१ बिहीबार १२:१:५७