कम्युनिस्ट पार्टी विचार र विधिको संयोजनबाट चल्ने पार्टी होः अध्यक्ष प्रचण्ड

पाेखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टी विचार र विधिको संयोजनमा चल्ने पार्टी भएको बताउनुभएको छ । अध्यक्षले पार्टी एकता गर्ने बेलामा गरेका सहमति र समझदारी समाजवादउन्मुख जनताको जनवाद स्वीकार गर्ने र लेनिनवादी संगठनात्मक विधि स्वीकारेर हरेक निर्णयमा बहुमतका आधारमा गर्ने प्रष्ट विचार राखिएको स्मरण गर्नुभयो ।

कास्कीको पोखरामा मंगलबार भएको गण्डकी प्रदेशस्तरीय बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “परिवर्तनका लागि योगदान गर्ने सहिद, वेपत्ता र घाइतेहरुलाई स्मरण गर्दै प्रचण्डले क्रान्तिका उपलव्धिका रक्षाका लागि एकतावद्ध हुनु नै अहिलेको आवश्यक्ता हो ।”

अध्यक्ष प्रचण्डले नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधि पद्दति र सिद्धान्तका लागि भएको बताउनुभयो । “हाम्रो पार्टीभित्र चलेको विवाद र बहसलाई पद वा लुछाछुडीका रुपमा व्याख्या गर्ने कोसिस भएको छ । म के कुरामा विस्वस्त गराउन चाहन्छु भने यो पदका लागि भएको लडाइँ होइन, विचार, राजनीति र सिद्धान्तका लागि हो” अध्यक्ष प्रचण्डको भनाई छ ।

उहाँले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी पनि दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई, तपाईँले हास्यव्यङ्ग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ, तपाईँले ? हजारौँ सहिदहरूको बलिदान, त्याग र तपस्यालाई ठट्टा ठान्नुभएको छ ?”

अध्यक्ष प्रचण्डले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने बताउनुहुँदै आफूसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधानअनुसार पनि नेकपा र सूर्य चिन्ह आफूहरुकै हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) पनि छाडिसकेको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार २३:४६:२५