कांग्रेस, माओवादी र मोर्चा बीचको बैठक सम्पन्न

फागुन १७, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा बीचको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तहको संख्या निर्धारणका विषयमा कुराकानी भएको थियो । राजनीतिक सहमतिबाटै अगाडि बढ्ने निष्कर्ष निकाल्दै बैठकले छिटै सरकारलाई समर्थन गर्ने दलहरुको संयुक्त बैठक बस्ने समझदारी भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार १:३:४९