केन्द्रीय समिति बैठकमा पार्टी एकता सम्बन्धि एजेण्डा एक मतले पारित

काठमाडौं, १ जेठ । पार्टी अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा महान् सहिदहरु प्रति श्रद्धाञ्जलीका साथ सुरु भएको पार्टीको केन्द्रीय समितिको सातौं बैठक आज सम्पन्न भएको छ । आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठक पार्टी एकता सम्बन्धि एजेण्डा एक मतले पारित गर्दै सम्पन्न भएको छ ।

बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट महासचिव क. कृष्णबहादुर महराले बैठकका एजेण्डा पेस गर्नुभयो । त्यसपछि अध्यक्ष क. प्रचण्डले पार्टी एकता लगायतका एजेण्डा माथि प्रकाश पार्नुभयो ।

बैठकले विभिन्न पार्टी र समुहहरुसँग एकता गर्ने र क्रान्तिकारी ध्रुवीकरणलाई जोड दिने एजेण्डा एक मतले पारित गरेको हो । बैठकले एउटा संयोजना समिति बनाएर अन्तिम निर्णय पनि गरेको पार्टीका प्रवक्ता दीनानाथ शर्माले बताउनु भयो ।

cmmeeting

कात्तिक ७, २०८१ बुधबार १३:१४:२६