जनतासँग जोडिने बजेट योजना बनाउन अध्यक्षबाट निर्देशन

काठमाडौं,  ३ जेठ । अध्यक्ष प्रचण्डले आगामि बजेटमा जनताको प्रत्यक्ष सरोकारका विषयहरु समावेश गर्न पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन गर्नुभएको छ । नयाँ बजेटका सम्बन्धमा सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीहरुसँग छलफल गर्दै अध्यक्षले निर्देशन दिनु भएको हो ।

एमाओवादीले सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीहरुसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने कार्यक्रमका बारेमा छलफल गरेको हो । छलफलमा पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टीको योजना तथा आर्थिक विभागका सदस्य सहभागी थिए। आगामी आर्थिक वर्षको बजेट संविधान जारी पछिको पहिलो बजेट भएका कारण संघीयता कार्यान्वयनका सम्बन्धमा मन्त्रालयहरुले के कस्तो तयारी गरेका छन् भन्ने बुझ्नका लागि मन्त्रीहरुसहितको बैठक गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारमा सहभागी एमाओवादीका आठ जनै मन्त्रीहरुले राष्ट्रिय योजना आयोगले दिएको सिलिङभित्र रहेर योजना निर्माण गरेको र सोही अनुसार कार्यक्रमको डिजाइन भइरहेको व्रिफिङ गरेका थिए ।

कात्तिक ७, २०८१ बुधबार १५:१२:४५