क्यान्सर अस्पतालको विकास र विस्तारमा म क्रियाशील छुः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्यान्सर अस्पतालको विकास र विस्तारमा शान्ति प्रकृयामा आए देखिनै आफूले योगदान पुर्याउँदै आएको बताउनु भएको छ ।

अस्पतालले संञ्चालन गरेका दुईवटा फार्मेसीको आज यहाँ उद्घाटन गर्नु हुँदै उहाँले अस्पतालले प्रदान गर्ने सेवालाई विश्वसनिय र गुणस्तरीय बनाउनु पर्ने बताउनुभयो । देशको एक मात्र केन्द्रिय स्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रहरु संग आफूले निरन्तर कुराकानी गरिरहेको प्रचण्डले बताउनुभयो ।

अस्पतालको आफ्नै फार्मेसीबाट विरामीले सर्वसुलभ र गुणस्तरीय औषधि पाउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले सोही अनुरुप काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा अस्पताल स्वंमले फार्मेसी संञ्चालन गरी सहुलियत दरमा गुणस्तरीय औषधि विक्रि वितरणको व्यवस्था मिलाउने निर्णय अनुरुप आज आफैंले फार्मेसीको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १०:१०:२३