विप्लवको हिसांत्मक गतिविधि शान्तिपुर्ण रुपमा समाधान हुन्छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवको हिसांत्मक गतिविधि  शान्तिपुर्ण रुपमा समाधान हुने बताएका छन । मंगलवार भरतपुर महानगरपालिकाको चौथौं नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले वार्ता छलफलको प्रकृया चलिरहेकाले विप्लव ढिलोचाँडो शान्तिपुर्ण बाटोमा आउने बताएका हुन । 

प्रचण्डले कहिलेकाँहि गरिरहेको बन्द, हड्ताल, केही हिंसात्मक क्रियाकलापले केही अशान्ती आउछ की भन्ने लागेको जस्तो भएपनि अब शान्तिपूर्ण राजनीतिको विकल्प नभएको जिकिर गरे । उनले भने ‘आजको बन्दमा पनि कहिँकतै तर्साउने बस्तु, सिलिण्डर भेटिएको भनेर सुने तर यो पार लाग्ने बाटो होइन ।’

विप्लवलाई आफूले नजिकबाट चिनेको बताउँदै प्रचण्डले ढिलो चाँढो मुलधारमा फर्कने विश्वास व्यक्त गरे । उनले भने ‘शान्ति प्रक्रियामा आइसकेपछि २ वर्ष मेरो कार्यालयको मुख्य सचिव भएर काम गरेकाले राम्रोसँग चिन्छु, पछिल्ला घट्नाक्रमले विप्लवलाई पनि विस्तारै नयाँ सोचतिर जान प्रेरित गरिरहेको छ ।’

कात्तिक ९, २०८१ शुक्रबार १०:३:५९