अध्यक्षले पाँच वर्ष अगाडिसम्म विकासका पुर्वाधार नभएको ठाउँमा स्थानीय तह बनिसकेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य र विद्युतिकरणको थालनी भएको बताउदै माओवादी केन्द्रको सपना पुरा हुने क्रममा रहेको बतउनुभयाे । संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकारसम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको उहाँकाे भनाई थियाे। अध्यक्ष प्रचण्डले सबै जाति धर्म लिङ्ग समुदायका मानिसहरुलाई अधिकार दिलाउँदै गाउँगाउँमा विकास निर्माणको गर्दै समाजवादको यात्रामा धेरै गर्न बाँकी रहेको बताउनुभयाे ।
उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै सगरमाथाको जिल्ला सोलुमा केन्द्र, स्थानीय तह र जनताको सहकार्य एंव सहयोगमा अस्पताल निर्माण, शिक्षालय निर्माण गरेर देशैभर सन्देश दिएको उल्लेख गर्नुभयाे ।
साे क्रममा अध्यक्षले दुधकोशी सामुदायिक अस्पताल, गाउँपालिका प्रशासनिक भवन, थुलुंग दुधकोशी बहुप्राविधिक शिक्षालय भवन उद्घाटन गर्नुभएकाे थियाे ।