खेलकूद महासंघका पदाधिकारीद्वारा अध्यक्षसँग भेटघाट

काठमाडौं, ६ चैत । अखिल नेपाल खेलकूद महासंघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् । अध्यक्ष युवराज लामाको नेतृत्वमा आएको उक्त टोलीले अध्यक्ष निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्ता गरेको हो । भेटमा अध्यक्ष प्रचण्डले महासंघ पदाधिकारीलाई खेलकूद क्षेत्रमा भएका समस्याहरुको डटेर सामना गर्दै यसको विकासमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो ।

 

उहाँले एमाओवादी पार्टीलाई दुई वर्षमा १ नं. को पार्टी बनाउन र समाजवादी क्रान्तिका लागि देशव्यापीरुपमा सक्रियता पूर्वक अगाडि बढ्न निर्देशन पनि दिनुभयो । भेटघाट कार्यक्रममा अध्यक्ष लामाले खेलकूद क्षेत्रमा देखिएका समस्याहरु बारे प्रकाश पार्नुभएको थियो । खेलकूद क्षेत्रको विकासका लागि महासंघ सम्पूर्ण रुपले समर्पित भएर लागि पर्ने अध्यक्ष लामाले प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।kheladi_maoist_CMPrachanda_meet (7)kheladi_maoist_CMPrachanda_meet (2)

 

कात्तिक ६, २०८१ बुधबार ४:१४:६