खोटाङ जिल्लाको सर्वपक्षीय प्रतिनिधी मण्डलद्वारा अध्यक्षसँग भेट

काठमाडौं, २९ चैत । खोटाङ जिल्लाको समग्र विकासको माग गर्दै एक प्रतिनिधि मण्डलले आज साँझ अध्यक्ष प्रचण्डलाई भेट गरेको छ । लाजिम्पाटमा भएको भेटमा उक्त प्रतिनिधि मण्डलले मध्य पहाडी लोकमार्गमा सडकहरुको निर्माण, विभिन्न स्थानहरुमा पुल निर्माण, भूकम्पमा परेकाहरुलाई राहत, जिल्लाका विभिन्न गाविसहरु सुख्खा ग्रस्त भएकाले ति गाविसहरुका लागि आर्थिक सहयोग लगायतका मागहरु पेश गरेको थियो ।  उनीहरुले हलेसी महादेवलाई विश्व सम्पदा सूचीमा राखिनु पर्ने दिक्तेल बजारमा पीच नभएका स्थानमा पीच गर्नुपर्ने लगायतका मागहरुका पनि पेश गरेको थियो ।

अध्यक्ष प्रचण्डले उक्त टोलीलाई बजेटको विषयमा छलफल भईरहेको सन्दर्भमा सबै राजनीतिक पार्टीसँग छलफल गर्ने बताउनु भयो । उहाँले यतिबेला सरकारको ध्यानाकर्ष गर्ने सकिने पनि बताउनु भयो । अध्यक्षले खोटाङको विकासका लागि सरकारलाई सुझाव दिने बताउँदै जिल्लामा सबै राजनीतिक दलहरुले संविधान कार्यान्वयनका लागि भईरहेको गतिविधि बारे जिज्ञासा पनि राख्नुभएको थियो ।CM_khotang_delegates (1) (Medium)

कात्तिक ७, २०८१ बुधबार १०:२२:३३