गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता माओवादीले स्थापित गरेको एजेन्डा हुन्ः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता आफूहरुले स्थापित गरेको एजेन्डा भएको बताउनुभएको छ । उहाँले अहिले देशमा लागू भएका राज्य प्रणालीका मुख्य एजेन्डा सबै माओवादीका भएको बताउनुभयो ।

नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जीत रेको हालै प्रकाशित पुस्तकको समिक्षा गर्दै उहाँले भन्नुभयोे, ‘ती एजेन्डा माओवादीले उठाएको र स्थापित गरेका हुन् । गणतन्त्र, संघीयता, धर्मनीरपेक्षतासहितका एजेन्डा माओवादीकै हो ।’ अध्यक्षले भारत अन्तिमसम्म पनि माओवादीलाई दबाएरै सिध्याउनुपर्छ भन्ने चाहेकाे, आतंककारी नै ठानेकाे र कुनै सहयोग गरेको नभई भारतमा नै थुप्रै माओवादी नेताहरु गिरफ्तार गरेकाे बताउनुभयाे ।

अध्यक्षले भन्नुभयो, ‘अन्तिममा १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको तयारी हुँदै गर्दा पनि भारतीय नेतृत्व पंक्तिमा दुई खालको धार थियो, एउटा कुनैपनि हालतमा माओवादी पिसमा ल्याउन हुँदैन, उनीहरुलाई दबाएर नै सिध्याउनुपर्छ भन्ने थियो । अर्कोले भने सेटेल गर्नुपर्छ भन्ने थियो । त्यो कुरा पनि रञ्जित रायले बडो स्पष्ट रुपमा राख्नुभएको छ ।’

कात्तिक ८, २०८१ बिहीबार ६:११:०