‘गणतान्त्रिक परिवर्तनका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कवि दीनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष प्रचण्डले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयाे । 

उहाँले भन्नुभयाे, “यो परिवर्तनलाई संस्थागत गर्नु बाहेक अर्काे विकल्प छैन, अँध्यारो कुनामा बसेर झटारो हानेर विकल्प आउछ कि भन्नुको कुनै अर्थ छैन ।” अध्यक्ष प्रचण्डले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नुभयाे । हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत पूरा भएकाले जनतामा देखिएको आशा र निराशा दुवैलाई आत्मसात् गरेर आफूहरु अगाडि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।

कात्तिक ७, २०८१ बुधबार १०:१८:०