‘जनता आफ्ना भनाई राज्यका नीति निर्माणको तहमा पुगुन् भन्ने चाहन्छन्’

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको जनताले एउटै भाषा, संस्कृति, भेषको शासनलाई नस्वीकार्ने बताउनुभएकाे छ। ललितपुर खुमलटारस्थित निवासमा हर्कबहादुर योङहाङ लिम्बुले लेखेको ‘हिलिहाङ इन द हिस्ट्रि अफ नेपाल’ पुस्तककाे शनिबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपाली जनताले विगतमा जस्तो सामन्तवादी शासनसत्ता अब नचाहने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे ‘आजको जनताले लोकतन्त्र, जनतन्त्र चाहन्छ। आफ्नो पहिचान र अधिकार चाहन्छ। आफ्ना भनाई राज्यका नीति निर्माणको तहमा पुगुन् भन्ने चाहन्छन्।’ अहिले विभिन्न भाषा भाषी, जात जाति समुदायलार्इ दबाएर राख्दा जनताकाे अधिकार कुण्ठित भएकाे उहाँकाे भनार्इ थियाे । विगतमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा दासयुगबाट सामन्तवादी युगमा ल्याएको र त्यतिबेलाका लागि त्यो अग्रगामी जस्तो भएको बताए। उनले अहिले सामन्तवादी युगको कल्पना गर्नू प्रतिगामी हुने बताए।

कात्तिक ७, २०८१ बुधबार १२:१३:५२