गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं, १८ चैत्र । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहिद पत्नि पार्वती गुरुङको स्वास्थ्य उपचारमा पार्टीले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

मृगौला र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भई एक हप्तादेखि अस्पतालमा उपचाररत गुरुङलाई भेट्न अध्यक्ष प्रचण्ड आइतबार दिउँसो नर्भिक अस्पताल पुग्नुभएको थियो ।

सो क्रममा अध्यक्ष प्रचण्डले चिकित्सकसँग गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । भेटपछि अध्यक्ष प्रचण्डले बिरामीका छोरा सुरेन्द्र गुरुङलाई भेटी आमाको स्वास्थ्य उपचारमा कुनै समस्या परे पार्टीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

चितवन शारदानगर निवासी गुरुङका पति डम्बर गुरुङको २०५९ साल कार्तिक २५ गते चितवनको चण्डिभञ्ज्याङमा शहादत भएको थियो ।

कात्तिक ६, २०८१ बुधबार १:७:२५