घाइते पूर्वजनसेनालाई माओवादी केन्द्रको सहयोग

काठमाडौं, १९ पुस । पूर्व जनमुक्ति सेनाका घाइते सुरेन्द्रकुमार बमजनको उपचारार्थ माओवादी केन्द्रले पाँच लाख अठ्चालिस हजार तीन सय पैसठ्ठी रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकम माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागको पहलमा युएई, दक्षिण कोरिया, कुवेत, साउदी अरव र कतारबाट जुटाइएको थियो । बुधबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले उक्त रकम बमजनलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै प्रचण्डले बामपन्थीहरुको नेतृत्वमा बन्ने नयाँ सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको उपचार र जीवन निर्वाहका लागि नीतिगत निर्णय गर्ने बताउनु भयो । सिन्धुली घर भएका पूर्व जनमुक्ति सेनाका सदस्य बमजन पाँच वर्षअघि पार्टी कामको सिलसिलामा सिन्धुलीको भीरबाट लडेर घाइते हुनुभएको थियो ।

 

कात्तिक ९, २०८१ शुक्रबार १४:१२:९