चितवनकै अभिमतबाट समृद्धिकाे नेतृत्व गर्न चाहन्छु, “प्रचण्ड”

कार्तिक २४, भरतपुर। माअाेवादीका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले चितवनकाे अभिमतबाट देशकाे समृद्धिकाे नेतृत्व गर्ने चाहना बाेकेर अाफू चितवन अाएकाे बताउनु भएकाे छ।
घरदैलाे अभियानका क्रममा चितवन-३ काे वडा नं.-९ मा अायाेजित कार्यक्रममा भन्नुभयाे, “चितवन जिल्ला अग्रगामी साेचकाे नेतृत्व गर्ने जिल्ला हाे। चितवनबाट निर्वाचित भएर, यहाँहरुकै अभिमत लिएर देशकाे समृद्धिकाे नेतृत्व गर्ने संकल्प लिएर अाएकाे छु। याे मेरा लागि अवसर पनि हाे। घरदैलाेकाे क्रममा तपाईहरुमा जुन उत्साह देखियाे, जुन ममता र हार्दिकता पाएँ, त्याे मेरा लागि प्रेरणा र उर्जा भएकाे छ।”
“जहिले पनि अस्थीरता, जहिले पनि अस्थीर सरकार, यसले देशमा विकास हुन सकेन” अध्यक्ष प्रचण्डले भन्नुभयाे, “अस्थीर राजनीतिकाे राेगबाट देशलाई बचाउनु छ। त्यसका लागि हामीले एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्प गरेका छौं। अबकाे दशक समृद्धिकाे दशक हुनेछ, समाजवादकाे दशक हुनेछ।”
शुक्रबार नै अध्यक्ष प्रचण्डले भरतपुर-८ का स्थानीय जनताका माझ घरदैलाे अभियान सञ्चालन गर्नुभएकाे छ। दिउँसाेकाे घरदैलाे कार्यक्रममा हजाराैं जनताले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए। अध्यक्ष प्रचण्डकाे चुनावी अभियान निकै उत्साहवर्दक देखिएकाे छ।

कात्तिक ७, २०८१ बुधबार ७:१३:२२