विप्लव माअाेवादीका १२३ युवा माअाेवादी केन्द्र प्रवेश

कार्तिक २४, भरतपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाका १२३ युवाहरु माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार दिउँसाे भरतपुरमा अायाेजित कार्यक्रममा युवाहरु माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरुमा नेकपाका ब्यूराे सदस्य बिराट लामा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य सराेज भण्डारी, जिल्ला समिति सदस्य राजन तिमिल्सिना, विशाल तामाङ, देवी भूजेल लगायत रहेका छन्।
हामी दशैंका खसी बाेका हाेइनौं, “भण्डारी”
नेकपा (माअाेवादी केन्द्र) प्रवेश गर्दै अखिल (क्रान्तिकारी) का नेता सराेज भण्डारीले अाफूहरु दशैंका खसी बाेका नभएकाे बताए।
“हामी कसैका खसी बाेका हाेइनौं, दशैंमा बेच्न राखिएका खसी बाेकाजस्तै हामी बेचिन सक्दैनौं” भण्डारीले भने, “एकीकृत जनक्रान्तिका नाममा युवाहरुलाई खसी बाेकाझैं बेच्न खाेजिदैछ। हामी नेपालमा एउटै कम्युनिष्ट केन्द्र चाहन्छौ, राजनीतिक स्थीरता र समृद्धि चाहन्छौं, त्यसका लागि माअाेवादी केन्द्रमा अाएका हाैं।”

कात्तिक ७, २०८१ बुधबार ९:१४:५६