कार्तिक १८, माडी-चितवन। पशुपति शमशेर राणा नेतृत्वकाे राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, केन्द्रीय सदस्य टिकाराम लामासहित सिङ्गाे जिल्ला समिति माअाेवादी केन्द्रमा प्रवेश गरेकाे छ।
शनिबार माडीमा अायाेजित एक कार्यक्रमका बीच अध्यक्ष तिमिल्सिना सहित सिङ्गाे जिल्ला समिति माअाेवादी केन्द्रमा प्रवेश गरेकाे छ। राप्रपा प्रजातान्त्रिककाे जिल्ला समितिलाई माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउनु भएकाे हाे।
तिमिल्सिना चितवन जिल्लाका स्थापित नेता हुनुहुन्छ। सत्य र निर्भिक स्वाभावका तिमिल्सिना गत महिना सम्पन्न स्थानीय तहकाे निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर उम्मेद्वार हुनुहुन्थ्याे। तिमिल्सिनाले स्थानीय तहकाे निर्वाचनमा ८०८१ मत प्राप्त गर्नुभएकाे थियाे।
नेपाली कांग्रेसकाे समर्थनमा चितवन क्षेत्र ३ का उम्मेद्वार बिक्रम पाण्डेका बलिया खम्बा मानिएका तिमिल्सिना र लामासहितकाे पार्टी प्रवेशले प्रचण्डकाे विजय सुनिश्चित भएकाे छ। पार्टी प्रवेश गर्दै नेता तिमिल्सिनाले चितवनबाट प्रचण्डलाई जिताएर चितवनकाे विकास र देशकाे निकासका लागि माअाेवादी केन्द्रमा अाएकाे बताउनु भयाे। तिमिल्सिनाले प्रचण्ड जिताउ अभियान हाेमिन राप्रपा प्रजातान्त्रिकलाई अपील पनि गर्नुभएकाे छ।
चितवनकाे चनाैलीमा पार्टी कार्यालय उद्घाटन गर्दै माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयाे, “इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशकाे नेतृत्व गर्ने अवसर पाएकाे छ। तर, पछिल्लाेपटक कांग्रेसमा देखिएकाे नेतृत्व संकटले कांग्रेस कमजाेर बन्दैछ। अब तपाईहरु बामपन्थी गठबन्धनबाट अातङ्कित नहुनुस्। तपाईहरु पनि मिल्नुस्। बिपीकाे अादर्शतिर फर्कनुस्, त्याे नै देश र कांग्रेसकाे पनि हितमा हुन्छ।”
“स्थीर सरकारले मात्र दीगाे विकास र समृद्धि हासिल गर्न सकिन्छ। हामीले राजनीतिक स्थीरता खाेजेका छौं, विकास खाेजेका छौं” प्रचण्डले भन्नुभयाे, “हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिकाे नयाँ चरणमा लैजान चाहन्छौं। चितवनकाे अभिमत लिएर देशकाे नेतृत्व गर्ने अठाेटका साथ अगाडि अाएकाे छ। अब विकास र समृद्धिकाे कुनै विकल्प छैन।”
राप्रपाका अध्यक्ष तिमिल्सिनासहित सिङ्गाे जिल्ला कमिटी माअाेवादी केन्द्रमा प्रवेश
पुष १४, २०८१ आइतबार १४:९:२