चीनसँग भएका सम्झौताले दूरगामी महत्व राख्दछः अध्यक्ष प्रचण्ड

वीरगञ्ज, १२ चैत । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताले दूरगामी महत्व राख्ने बताउनु भएको छ । दोस्रो वीरगञ्ज व्यापार मेलाको उद्घाटनको सिलसिलामा वीरगञ्ज पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीमाझ यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘भारत भ्रमणबाट आए पछि चीन भ्रमणको तयारी भयो, प्रधानमन्त्रीज्यूको यो भ्रमण अपेक्षित र उपलब्धी मूलक रह्रयो । प्रधानमन्त्रीले भारत भ्रमण पहिलो गर्नुभएको र सो भ्रमणले दुई देशबीचको सम्बन्ध राम्रो बनाउने वातावरण बनाएको उहाँको भनाई थियो ।

अध्यक्षले अगाडि भन्नुभयो, ‘भूकम्पबाट भएको जनधनको क्षति पछि मैले प्रतिपक्ष नेताको हैसियतले हामी सबै एक भए सामना गर्न राष्ट्रिय एकताको खाँचो छ भनेको थिएँ । अझै पनि राष्ट्रिय एकताको खाँचो छ ।’ राजनीति चरित्रमा निरन्तरता नभएकाहरु नै पलायन भएका बताउँदै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग हिजोमात्र गम्भीर कुरा भएको  जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु(मोहन वैद्य) लगायतका सबै माओवादी शक्तिहरुसँग एकता हुन्छ ।’bir3

कात्तिक ७, २०८१ बिहीबार ०:११:४८