चीनियाँ प्रतिष्ठित कम्पनीका प्रतिनिधि मण्डलद्वारा अध्यक्षसँग भेटवार्ता

काठमाडौं, १९ चैत । अध्यक्ष प्रचण्डसँग चिनियाँ प्रतिष्ठित एक कम्पनीको प्रतिनिधि मण्डलले आज अपरान्ह भेटवार्ता गरेको छ । लाजिम्पाटमा भएको भेटमा चाइना फारइष्ट इन्टरनेशनल ट्रेडिङ कर्पोरेशन नाम गरेको उक्त कम्पनीका प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका दुई देशका सहमतिहरुको कार्यान्वयका लागि आएको जानकारी दियो । उक्त कम्पनीका प्रतिनिधिहरुले उर्जा, यातायात, रेल्वे, सूचना र सहर सुरक्षामा मुख्य रुपमा काम गर्ने बताए । सु को नेतृत्वमा आएको प्रतिनिधि मण्डलले दुई देशबीच भएको सम्झौतामा नेपाली कम्पनी र आफूहरुबीच सहमति भए आफूहरु तुरुन्तै काम थाल्न सक्ने बताए ।

अध्यक्ष प्रचण्डले उक्त प्रतिनिधि मण्डललाई उर्जा र गृह मन्त्रलयका साथै अन्य मन्त्रालयमा पनि आफूले सुझाव दिने बताउनु भयो । उहाँले चीनमा भएका दुई देशबीच भएका सम्झौताको कार्यान्वयका लागि आएको चीन सरकारको तर्फबाट आएको कम्पनीका बारेमा उच्च स्तरीय राजनीतिक समन्वय समितिमा दलहरु बीच छलफल गर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको दुई देशबीचको सम्झौता राम्रो भएको र मुख्य कुरा कार्यान्वयन हो ।’

चीन सरकारको सिफारिसमा आएको उक्त कम्पनीका प्रतिनिधि मण्डलले सौर्य उर्जा, रेल्वे, सहर सुरक्षा, यातायातको क्षेत्रमा आफूलाई चीनको १ नं. कम्पनी भएको बतायो । प्रतिनिधि मण्डलले सो कम्पनीले जापान र कम्बोडियामा पनि उर्जा सम्बन्धी कार्यहरु गरेको भेटमा जानकारी दिए ।

_meet_with Chinese Biz- (3)_meet_with Chinese Biz- (2)_meet_with Chinese Biz- (4)

कात्तिक ६, २०८१ बुधबार ५:४:२८