चुनौतिपूर्ण अवसर प्राप्त भएको छ, ‘प्रधानमन्त्री’

भदौं ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको बताउनुभएको छ ।
शनिबार नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा आएको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘परिस्थिति निकै चुनौतिपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन् । मेरा लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको छ । यसपटक केही परिणाममूखी काम गर्नेछु ।’
भेटमा प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भएको भन्दै निश्छल मनले शुभकामना दिएकोमा सबैलाई धन्यवाद दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ११:१५:१९