माओवादी केन्द्रको कार्यालयको बैठक सम्पन्न

भदौं ४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा सम्पन्न भएको छ ।
बैठकले पार्टीको संगठन विभागलाई पुनर्गठन गरेको छ । राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय लिन बसेको बैठकले नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १३ सदस्यीय संगठन विभाग पूनर्गठन गरेको हो । बैठकले नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति गठन गरेको छ ।
शनिबार दिउँसो सम्पन्न बैठकले प्रदेश नम्वर १ को ईन्जार्जमा गोपाल किराँती र प्रदेश नम्वर ६ को ईन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ । अन्य राजनीतिक र संगठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय भएको नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

२०७३ भदौ ४ गते सम्पन्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकका निर्णयहरु यस प्रकार छन् ।

क) संगठन विभागको पूनर्गठन :
१) ईन्चार्जः क. रामबहादुर थापा बादल
२) सदस्यः क. गोपाल किराँती, १ नं. प्रदेश ईन्चार्ज
३) सदस्यः क. मातृका यादव, २ नं. प्रदेश ईन्चार्ज
४) सदस्यः क. रामबहादुर थापा बादल, ३ नं. प्रदेश ईन्चार्ज
५) सदस्यः क. वर्षामान पुन अनन्त, ५ नं. प्रदेश ईन्चार्ज
६) सदस्यः क. शक्तिबहादुर बस्नेत, ६ नं. प्रदेश ईन्चार्ज
७) सदस्यः क. लेखराज भट्ट, ७ नं. प्रदेश ईन्चार्ज
८) सदस्यः क. टोपबहादुर रायमाझी
९) सदस्यः क. गीरिराजमणि पोख्रेल
१०) सदस्यः क. जयपुरी घर्ति
११) सदस्यः क. मणि थापा
१२) सदस्यः अन्तर्राष्ट्रिय विभाग प्रतिनिधि

ख) सरकार सञ्चाल सहयोग समिति :
१) ईन्चार्जः क. नारायणकाजी श्रेष्ठ प्रकाश
२) सदस्यः क. रामबहादुर थापा बादल
३) सदस्यः क. कृष्णबहादुर महरा
४) सदस्यः क. मातृका यादव
५) सदस्यः क. वर्षामान पुन अनन्त
६) सदस्यः क. गीरिराजमणि पोख्रेल
७) सदस्यः क. देव गुरुङ
८) सदस्यः क.टोपबहादुर रायमाझी
९) सदस्यः क. हरिबोल गजुरेल
१०) सदस्यः क. पम्फा भुसाल
११) सदस्यः तिलक परियार

कात्तिक ७, २०८१ बुधबार १३:१५:२८