जनताका कुरा सुन्न र हरेक जनसहभागितामा सहभागी हुन जनप्रतिनिधिलाई अध्यक्षको निर्देशन

चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमित रूपमा जनताका कुरा सुन्ने र जनसहभागिता सुनिश्चित गर्ने कार्य गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ ।
भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग दर्शनका रूपमा लिने बताएका छन् । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हरेक विकासका कार्यहरूमा जनतालाई यस्ता कार्यले अपनत्व महशुस हुने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसपछि मात्र विकासलाई सहजता हुने हुँदा जनताका कुरा सुन्न र हरेक काममा जनसहभागिता गराउन म सुझाव दिन्छु ।”

अध्यक्षले सुझाबहरूलाई मार्मिक रूपमा लिएर नीति तथा कार्यक्रममा समावेश गर्नका लागि सुझाव दिँदै आफूलाई निर्वाचित गर्ने मतदाताहरूलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो । अध्यक्षले आफूपनि चितवनकै जनप्रतिनिधि भएकाले भौतिक विकासका लागि पहल गरेको र धेरै सडकहरू कालोपत्रे भएको हुँदा यहाँका जनताहरु हिलो धुलोबाट मुक्त भएकाले अबको समयमा सडक मात्र केन्द्रित नभएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो।

अध्यक्ष प्रचण्डले भरतपुरलाई समृद्ध बनाउन सबैका सुझावले टेवा पुग्ने बताउनुभयो । भरतपुरमा विगतको पाँच वर्षमा धरै राम्रा काम भएका कारण अबको आगामी पाँच वर्षमा पनि राम्रा काम हुनेमा विश्वस्त रहेको बताउनुहुँदै हरेक भौतिक योजनाहरूमा प्राथमिकतामा छनौट गर्दै अघिल्लो पाँच वर्षमा पहिलो प्राथमिकतामा भौतिक विकास धेरै भएकाले अबको पाँच वर्षमा जनताको जीवन रक्षाका लागि अगाडि बढ्न सुझाव दिनुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १९:२३:२२