सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने प्रवृत्ति अझै कायमैः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने प्रवृत्ति अझै कायमै रहेको बताउनुभएको छ। काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक दल, नागरिक समाज र सबै मिलेर ल्याएको परिवर्तन उल्ट्याउन खोज्ने प्रवृत्ति कायमै रहेको बताउनुभएको हो ।

कर्मचारीहरुको सक्रियाता बिना परिवर्तन सम्भव नहुने धारणा राख्दै उहाँले पार्टी र कर्मचारीबीचमा सम्बन्ध सुदृढ हुनपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले सङ्गठन भित्रका समस्या, कमीकमजोरीलाई सुधार गर्ने उद्देश्यका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै कर्मचारीभित्र विकास सम्बन्धित कुरा सम्बोधन हुन नदिने प्रवृत्ति कहीँ न कहीँ रहेको बताउनुभयो ।

“सङ्घीयतालाई कमजोर पारेर उल्ट्याउन खोज्ने प्रवृत्ति कायमै छ । कर्मचारी महासङ्घ, यो क्षेत्रको नेताहरुसँग पार्टीले हामीलाई चिन्दैन भन्नेछ, त्यतातिर आफ्नो ध्यान दिन आग्रह छ”, उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डसबै पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको जानकारी दिँदै अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ ‘हामी एकता र विभाजनको श्रृंखला पार गरेर यहाँ आइपुगेका छौँ । माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा श्रृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिब(करिब सबै पूर्वमाओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ । अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । छिटै त्यो टुंगोमा पुग्दैछ ।”

कात्तिक ७, २०८१ बुधबार २१:१९:२५