जनताले माओवादी सच्चिएर आओस् भन्ने चाहेका छन्ः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले जनताले माओवादी सच्चिएर अगाडि आओस् भन्ने चाहेको बताउनुभएको छ । पार्टीको तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा आयोजित अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयोे, ‘ कतिपय साथीहरुले भन्नुभयो ७५३ पालिका स्वतन्त्र आउन बेर छैन भन्नुभयो । त्यो कुरा होइन त्यसमा कोही भ्रममा नपरौँ । अझ कयौं दशकसम्म पार्टीहरू बिग्रे पनि सप्रे पनि उनीहरुले नै चलाउँछन् ।’ अध्यक्ष प्रचण्डले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई झण्डै मरेर बाँचेकाहरूले बाँकी समय जनताको सेवामा खर्चिनुपर्ने बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘तपाईहरु भ्रष्टाचार गर्दै नगर्ने किन गर्नुपर्यो ? हामी सबै झण्डै मरेर बाँचेका होइनौ । अहिले किन भ्रष्टाचार गर्नुपर्या छ ?’ भावुक हुँदै उहाँले भन्नुभयो, ‘राम्रो काम गरेर यो राष्ट्रलाई नेतृत्व गर्ने अवसर लिन छोडेर दुई चार पैसाको लागि किन भ्रष्टाचार गर्नुपरया छ ? त्यसलाई दिमागबाटै हटाई दिउँ ।’

अध्यक्ष प्रचण्डले सम्पूर्ण शक्ति जनताको सेवामा समर्पित हुने भावका साथ जनताको सेवा गर्ने प्रतिज्ञा गर्न आग्रह गर्नुभयो । माओवादीलाई फेरि एकपटक अवसर र चुनौती दुबै प्राप्त भएकाले कुशलतापूवर्क भूमिका निर्वाह गर्न उहाँले निर्देशन पनि दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १३:१०:५६