तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुँदैछ, “अध्यक्ष”

मंसिर १३, मेघौली चितवन। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुन लागेकाे बताउनु भएकाे छ।
बुधबार भरतपुर-२४ काे नयाँ बस्तीमा अायाेजित काेण सभामा प्रचण्डले भन्नुभयाे, “बाम गठबन्धनबाट एमाले र माअाेवादीका नेता, कार्यकर्ता मात्र खुसी छैनन्, देशमा राजनीतिक स्थिरता, अार्थिक विकास र समृद्धि चाहने कांग्रेस भित्रका देशभक्त र लाेकतन्त्रका पक्षधर शक्तिहरु पनि खुसी छन्। नेपालमा राजनीतिक अस्थिरताकाे युगकाे अन्त्य हुँदैछ, तमसुक गरेर सरकार फेर्ने परिपाटीकाे अन्त्य हुँदैछ।”
अबकाे युग विकासकाे युग हाे, अार्थिक समृद्धिका लागि प्रतिस्पर्धा गर्ने युग हाे” प्रचण्डले भन्नुभयाे, “एमाले र माअाेवादीकाे एकताले समृद्धिकाे ढाेका खाेल्नेछ। अस्ति १० गते ३२ जिल्लामा पहिलाे चरणकाे चुनाव सम्पन्न भयाे। ती जिल्लाहरुमा बाम गठबन्धनकाे दुईतिहाई भन्दा बढी मत अाएकाे सजिलै अनुमान गर्न सकिन्छ। अब देशमा बामपन्थीहरुकाे दुईतिहाई मतद्वारा स्थिर सरकार र विकासले गति लिनेछ।”
बुधबार नै अध्यक्ष प्रचण्डले भरतपुर-१४ देवीचाेक र भरतपुर-२४ दिपचाेकमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्नुभएकाे छ। देवीचाेकमा अायाेजित चुनावी सभामा चितवनले देशकै राजनेता प्रचण्ड पाएकाे भन्दै डा. दीपेन्द्र गाैतमकाे नेतृत्वमा २०० युवा प्रचण्ड विजय अभियानमा सहभागी भएका छन्।

त्यसै गरि चुनावी अभियानका क्रममा अध्यक्ष प्रचण्डले शुक्रनगर लगायतका ६ स्थानमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्नुभयाे। कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा परित्याग गरि करिब ९०० कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन्।

कात्तिक ७, २०८१ बुधबार १७:९:५६