राजनीतिक स्थिरताकाे लाभ कांग्रेसले पनि लिनेछ, “प्रचण्ड”

मंसिर १४, भरतपुर। माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले राजनीतिक स्थिरताबाट कम्युनिष्टहरुले मात्र नभएर कांग्रेसले पनि लाभ लिने बताउनु भएकाे छ।
भरतपुर-२२ मा अायाेजित काेण सभामा अध्यक्ष प्रचण्डले भन्नुभयाे, “अहिले एमाले र माअाेवादीले साझा उम्मेद्वार खडा गरेका छौं। एमाले माअाेवादी मिल्दा देशमा स्पष्ट बहुमत अाउनेछ, यसले नेपालमा राजनीतिक अस्थिरताकाे अन्त्य गर्नेछ, विकास निर्माणले गति लिनेछ। अार्थिक समृद्धिकाे यात्राले नयाँ माेड लिनेछ। यसकाे फाइदा कम्युनिष्टहरुलाई मात्र हुँदैन, राजनीतिक स्थिरता हुँदा त्यसकाे फाइदा कांग्रेसलाई पनि हुन्छ। बाटाे बन्दा, राेजगारीकाे अवसर सिर्जना हुँदा त्यसकाे लाभ कांग्रेस समर्थकलाई पनि मिल्छ। याे बाम गठबन्धन कांग्रेस समर्थकहरुकाे भविष्यका लागि पनि हाे, यसबाट काेही पनि अातङ्कित हुन र गलत प्रचार गर्न जरुरी छैन।”
“नेपाल सबै जात जाति, भाषा भाषी र संस्कृतिकाे फूलबारी हाे, हामी सबैकाे पहिचान, अधिकार र समृद्धिकाे पक्षमा छौं” भरतपुर-१६ मा अायाेजित सभामा प्रचण्डले भन्नुभयाे, “हामी समावेशी लाेकतन्त्रकाे पक्षमा छौं, याे निर्वाचनले समावेशी गणतन्त्रकाे संविधानलाई प्रभावकारी कार्यान्वयन गर्न बल मिल्नेछ। त्यसपछि हाम्राे सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउनेछौं।”
बिहीबार दिउँसाे नै अध्यक्ष प्रचण्डले भरतपुर महानगरले अायाेजना गरेकाे अन्तर्क्रियामा बाेल्दै भरतपुरलाई एसियाली मापदण्डकाे नमूना शहर बनाउन अाफूले सङ्कल्प गरेकाे बताउनु भयाे। दिउँसाे नै अध्यक्ष प्रचण्डले भरतपुर-१५ मा अायाेजित जेष्ठ नागरिकहरुकाे भेलालाई सम्बाेधन गर्नुभयाे। बिहीबार अध्यक्ष प्रचण्डले भरतपुर महानगरका १६, १५, १४, २२ र १३ नम्वर वडाका विभिन्न चाेकका दर्जनाै सभाहरुलाई सम्बाेधन गर्नुभयाे।
“म यहाँ अाउँदा शिक्षक, अभिभावक र विद्यार्थीकाे अनुहारमा चमक देख्छु। साना विद्यार्थीकाे भविष्यमा उत्प्रेरणा मिलाेस् भनेर पनि म बेला बेला अाफू पढेकाे विद्यालय अाउँछु” अाफूले अध्ययन गरेकाे नारायणी विद्या मन्दिर उमाविमा अायाेजित सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयाे, “म अाज जुन ठाउँमा छु, त्यसमा तपाईहरुकाे मूख्य देन छ। याे विद्यालयले मलाई शिक्षा मात्र दिएन, संस्कार पनि सिकायाे। तपाईहरुप्रति म सधैं अाभारी छु।”
बिहीबारका विभिन्न सभाहरुमा नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिक परित्याग गरि ७८० जना नेता कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका थिए। प्रचण्ड विजयी अभियानमा राष्ट्रिय कलाकारहरुले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कात्तिक ७, २०८१ बुधबार १९:१८:३०