अध्यक्ष प्रचण्डद्वारा उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गर्नुभएको छ ।
बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको हो ।

अध्यक्षले यसरी विद्यालय भर्ना गर्नुभएका बालकहरु पत्रुस मुसहर र अरुण माझी रहेका छन् । अहिले अध्यक्ष प्रचण्डले सो कार्यक्रम सम्बोधन गर्दै हुनुहुन्छ ।

कात्तिक ६, २०८१ मंगलबार २३:५०:५५