तास खेल्ने कर्मचारीलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

भदौ १७, काठमाडौं । शिंह दरवारभित्रै कर्मचारीहरु कार्यालय समयमा तास खेलेको भन्दै आएका समाचारप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीले यस विषयमा आजै मुख्य सचिवलाई तत्काल छानविन गरी संलग्नहरुमाथि कानून बमोजिम कारवाही गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्रीले आफू १० वजे नै शिंहदरवारमा आएर जनताको काम गर्ने भन्दै सबै कर्मचारीहरुलाई कार्यालय समयमा उपस्थित रहेर जनताको काम गर्न तथा कुनै पनि गलत काम नगर्न निर्देशित गर्नुभएको छ ।

कात्तिक ६, २०८१ बुधबार ५:३:९