तीनै तहको निर्वाचनका लागि सक्रियतापूर्वक लाग्न अध्यक्ष प्रचण्डकाे निर्देशन

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहको चुनावका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभएको छ । बुटवलमा आज आयोजित रामप्रसाद बन्जाडे टंकमणिको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको बताउनुभयो ।

उहाँले सबै पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको उहाँको भनाई थियो । अध्यक्षले पार्टीका दिवंगत नेता टंकमणि असमान्य व्यक्तित्व भएका स्मरण गर्दै भन्नुभयो, ‘जनयुद्धको समयमा बन्जाडेप्रति गुनासो रहेपनि शान्ति प्रक्रिया पछि उहाँ प्रतिको आरोप आफै खण्डन भयो । बन्जाडेले पार्टीमा कलाई यो चाहियो त्यो चाहियो भनेर कहिल्यै माग गर्नु भएन ।’

राष्ट्र र पार्टीको हितका लागि केही गर्ने उहाँको सपना पूरा गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो। । सहिद पार्क बनाउने कामलाई जिल्ला, प्रदेश र केन्द्रबाट सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिवद्धता जनाउनुभयो । पार्टीमा लामो योगदान गरेका स्वर्गीय रामप्रसाद बन्जाडेको सडक दुर्घटनामा निधन भएको थियो। उहाँसँग सवारीमा रहेका वीरबहादुर थापा घाईते हुनभएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ५:१८:५८